काठमाडौं माघ २४ । वरिष्ठ कलाकार सुनील थापाको निधन भएको छ ।
आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो । नर्भिकका प्रशासन प्रमुख विमल बोगटीले अस्पताल पुग्नुअगावै थापाको निधन भएको बताए । हृदयाघातपछि उनलाई अस्पताल लगिएको थियो ।
परिवारका सदस्यहरु नेपाल आएपछि मात्रै श्रद्धान्जलीका कार्यक्रमहरु तय गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए । मुम्बाईमा बस्दै आएका थापाका श्रीमती र छोरा उनको निधनको खबर सुनेपछि नेपाल आउँदैछन् ।
भिडियो फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा सुरू गरेका थापा चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी चर्चित थिए।

