मनमोहन अस्पतालले बिना अनुमति बिरामीको मृगौला झिकेको बिषयमा सासंदहरुद्वरा सरकारको ध्यानाकर्षण

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,२३ असार ।व्यवस्थापिका संसदमा मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालले अस्पतालमा उपचाररत विरामीको मृर्गौला निकालेको भन्ने विषयले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । व्यवस्थापिका संसदको आजको बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादीका सांसदहरुले अस्पतालले विरामीको मृर्गौला निकालेर खुलमखुला मानव अंगको तस्करी गर्न लागेको भन्दै तत्काल न्यायिक आयोग बनाएर छानविन गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीलेले मनमोहन मेमोरियल कलेजको विज्ञप्ती, त्यसले विरामीका परिवारसंग गरेको संम्झौता लगायतले अस्पतालले जानी जानी मृर्गौला चोर्ने काम गरेको पुष्टी भएको भन्दै दोषीलाई कारवाही गर्न सरकार र सदनको ध्यानाकर्षण गराए ।

मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराईरहेका नुवाकोटका शिव प्रसाद रिमालको पत्थरीको अपरेसनका क्रममा मृर्गौला निकालिएको समाचार बाहिर आएपछि अस्पताल प्रशासनले विज्ञप्ति जारी गरी पत्थरीको अपरेशन गर्ने क्रममा मिर्गौलाको शल्यक्रिया भएको साँचो भएको स्वीकार गरेको छ । अस्पतालले पत्थरीको शल्यक्रियाको क्रममा मिगौलाबाट रगत बगेर बिरामीको ज्यानै जान सक्ने खतरा बढेपछि परिवारकै सहमतिमा मृर्गौला झिकिएको दाबी समेत गरेको छ ।