काठमाडौँ, ६ साउन । संघीय संरचना ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल नै रहेको छ । संविधानले प्रत्येक प्रदेशमा प्रदेश लोकसेवाको परिकल्पना गरेपनि गठनबारे नियम, कानुन नहुँदा अन्योल भएको हो ।
प्रदेश निर्वाचन नहुँदासम्म आयोगको गठन प्रक्रिया अन्योल रहेको लोकसेवा आयोगका सचिव मधुप्रसाद रेग्मीले जानकारी गराए । उनले आयोगको गठन, काम, कर्तव्य र अधिकार संविधानमा नै प्रदेश कानुनबमोजिम हुने भनेपछि अहिल्यै गठन गर्न नसकिने बताए ।
“आयोगको गठन प्रक्रिया के हो भनेर संविधानमा स्पष्ट व्यवस्था छैन”, उनले भने चन भएपछि मात्र आयोग गठनको प्रक्रिया शुरु हुन्छ ।” संविधानको धारा २४४ मा प्रत्येक प्रदेशमा लोकसेवा आयोग हुने व्यवस्था उल्लेख गरिएको छ । लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका कर्मचारीको परीक्षा लिन पाउने भने तापनि कसरी लिने भन्ने पनि कहीँ स्पष्ट उल्लेख गरिएको छैन ।
यसैगरी लोकसेवा आयोगले संघीय निजामती कर्मचारीको भर्ना र परीक्षाका लागि प्रत्येक प्रदेशमा आयोगको कार्यालय स्थापना गर्ने भएको छ ।
आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले संघीय निजामती कर्मचारीका लागि सातवटै प्रदेशमा आयोगको कार्यालय स्थापना गर्ने बताए । उनका अनुसार प्रदेश राजधानी भएका ठाउँमा आयोगको प्रदेश कार्यालय रहने छ । अहिले भएका क्षेत्रीय र अञ्चल कार्यालयलाई नै प्रदेश कार्यालय बनाउने उनले बताए । रासस
Copyrights © 2025 All Rights Reserved by Newsbanknepal

