काठमाण्डौ,११ साउन ।साझा पार्टी र विवेकशील नेपाली दल बीच आज एकिकरण हुदैछ । वैकल्पिक शक्तिका रुपमा आएका यी दुई दल स्थानीय तहको निर्वाचनमा छुटाछुटै जाँदा अपेक्षित नतिजा नआए पछि एकिकरण हुन लागेका हुन । आज मध्यान्ह नयाँबानेश्वरको इन्द्रेनी कम्प्लेक्समा एक कार्यक्रमका बीच पार्टी एकिकरणको घोषणा गरिने बताइएको छ । सहमति अनुसार एकीकृत पार्टीको नाम साझा विवेकशील रहनेछ भने सामूहिक नेतृत्वमा एकीकृत पार्टी सञ्चालन हुनेछ । दुवै पक्षबीच ५१ सदस्यीय केन्द्रिय समिति गठन गर्न सहमति भएको छ ।