पोखरामा एक सैनिकद्वारा आफ्नै सहकर्मीको गोली हानी हत्या

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

पोखरा, ३१ साउन । पोखरा–लेखनाथ महानगरपालिका–६ वैदामस्थित रत्नमन्दिरमा सुरक्षाका लागि खटिएका नेपाली सेनाका एक प्युठले अर्का प्युठलाई गोली हानी हत्या गरेको छ । कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार प्युठ वसन्त लोहारले आफ्नै साथी गणेशसिंह विष्टलाई आज बिहान ४ः३० बजे गोली प्रहार गरेका थिए ।

गोली लगेर गम्भीर घाइते भएका विष्टको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । आपसी रिसिबीका कारण लोहारले आवेगमा आएर गोली हन्दा उक्त घटना भएको नेपाली सेनाका प्रवक्ता झङकरबहादुर कडायतले जानकारी दिए  । नेपाली सेनाले अभियुक्त लोहारलाई निगरानी राखेर अनुसन्धान शुरु गरेको जनाएको छ । रासस