काठमाडौँ, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तराई÷मधेशका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराएकी छिन ।
उनले डुबान तथा पहिरो क्षेत्रमा खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन, पीडितलाई स्थायी आवासको प्रबन्ध मिलाउन, ती क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनःस्थापनाका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन सत्ता साझेदार प्रमुख दुई दल तथा प्रमुख प्रतिपक्षीदलका शीर्ष नेतालाई सामूहिक रुपमा आग्रह पनि गरिन ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का शीर्ष नेतासँगको छलफलमा राष्ट्रपति भण्डारीले सो आग्रह गरेकी हुन।
राष्ट्रपति भण्डारीले तराई÷मधेशका डुबान, पहिरो, संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो व्यक्त गर्दै यस विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराउनुभएको भेटमा सहभागि भएका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तराई÷मधेशका डुबान, पहिरो पीडितको खोज, उद्धार तथा राहत वितरणमा सरकारले उच्च प्राथमिकता दिँदै संकटलाई समाधान गर्न सरकार लागिरहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराएका थिए ।
साथै शीर्ष नेताले तराई÷मधेशका डुबान, पहिरोपीडितको खोज, उद्धार तथा राहत वितरण कार्यमा राजनीतिक दल एक भई जुटिरहेको, आसन्न २ नम्बर प्रदेशको निर्वाचनमा लागिरहेको र निर्वाचनमा सबै पार्टीको सहभागिताका लागि वार्ता र संवाद कार्यसमेत जारी रहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराएका थिए ।

