लहान, १६ भदौ । उपप्रधानमन्त्री तथा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्रै तीन वटै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्नु अहिलेको मुख्य चुनौती भएको बताएका छन् ।
फोरम सिरहाले चोहर्वामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गच्छदारले छिटोभन्दा छिटो निर्वाचन सम्पन्न गरी संविधानको सफल कार्यान्वयन गर्ने दृढताका साथ सरकार अघि बढिरहेको बताए । ठूला दलकै अगुवाइमा भएका आन्दोलनबाट मुलुकमा महत्वपूर्ण परिवर्तन आए पनि त्यसलाई संस्थागत गर्न नसकेका कारण ठूला दल नेतृत्वमा असफल भएको जिकिर गर्दै गच्छदारले आफ्नो पार्टीले नेतृत्व गर्ने अवसर पाए मुलुकको वर्तमान संकट अन्त्य हुने दाबी गरे ।

