बिरगंज ४ असोज ।प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको जारी मत गणनामा दुई दलबीच कडा प्रतिष्पर्धा देखिएको छ । यसअघि सार्वजनिक मतपरिणाममा कांग्रेस अगाडि देखिए पनि अहिले भने राजपाअगाडी आएको छ ।संघीय समाजवादी फोरम तेस्रो स्थानमा छ ।
बिहान सवा ९ बजेसम्म प्राप्त परिणाम अनुसार, राष्ट्रिय जनता पार्टीका राजेशमान सिंहले १२३९ मतका साथ ‘लिड’ गरिरहेका छन् । राजपा उम्मेदवारभन्दा २७४ मतले पछाडि रहेका कांग्रेसका अजयकुमार द्विवेदी दोस्रो स्थानमा छन् । उनको मत जम्मा ९ सय ६५ छ ।
तेस्रो स्थानमा संघीय समाजवादी फोरम देखिएको छ । फोरमका मेयर उम्मेदवार विजयी सरागवी ४७६ मत हासिल गरेका छन् । माओवादी केन्द्रका मेयर उम्मेदवारले ४०९ मत पाएका छन् भने एमाले र लोकतान्त्रिक फोरमका मेयर उम्मेदवारले क्रमशः ३२५ र २९३ मत बटुलेका छन् ।