काठमाण्डौ,१९ असोज । वरिष्ठ चिकित्सक गोविन्द केसीले १३ औं पटक आमरण अनसन सुरु गरेका छन । वरिष्ठ चिकित्सक केसीले संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पारित गर्न खोजिएको भन्दै पुनः आमरण अनसन सुरु गरेका हुन । यस अघि उनले दसैंको अवसर पारेर आमरण अनसन स्थगित गरेका थिए । प्रमुख तीन दलले मिलेर माफियामुखि ऐन जारी गर्न लागेकाले त्यसलाई रोक्न दसैं सकिएकै दिन बाट आमरण अनसन सुरु गर्नु परेको वरिष्ठ चिकित्सक केसीले स्पष्ट पारे ।
वरिष्ठ चिकित्सक केसीले चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै १२ पटकसम्म आमरण अनसन बसि सकेका छन । उनले चिकित्सा क्षेत्रको समग्र सुधारका लागि आफूले चालेको अभियानमा सदाझै साथ पनि सबैसँग आग्रह गरे।

