आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका खड्कालाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौं,२२ असोज । सर्वोच्च अदालतले आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपाल खड्कालाई प्रमुखबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले आज अन्तरिम आदेश दिएको हो । साथै खड्कालाई हटाउने मन्त्रिपरिषदको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिदै हटाउनुको कारण पेश गर्न सरकारलाई आदेश दिएको हो ।
जग्गा खरिद लगायतका अनियमिततामा मुछिएपछि खड्कालाई संसदीय समितीको सिफारिसमा असोज २ गते मन्त्रिपरिषद् बैठकले हटाएको थियो । आयल निगमले पेट्रोलियन भण्डरणका लागि जग्गा खरिद गर्दा अनियमिता भएको ठहर गर्दै संसदीय समितिहरुले कारबाहीका लागि निर्देशन दिएको थियो । निगमले पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर सहित समितीहरुले निर्देशन दिएको थियो । निगमले ९० दिनलाई पुग्ने इन्धन भण्डारणका लागि भैरहवा, झापा, चितवन र सलार्हीमा चल्तीको भन्दा महँगो मूलयमा जग्गा खरिद गरेको थियो ।