काठमाण्डौ,२४ असोज । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज(मंगलबार)देखि म्यादी प्रहरीमा भर्ना खुल्ला गरिएकोे छ । अाबेदन खुल्ला गरेकै दिन सर्वसाधारणाकाे भिड लागेकाे छ । उपत्यकाकामा प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुरमा दरखास्त बुझाउन सकिने छ । प्रहरी प्रधान कार्यालयले निकालेको भर्ना सूचना अनुसार आजदेखि सुरु भई असोज ३० गते अपराह्न ५ बजेसम्म खुल्ला रहने छ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले ९८ हजार सय ६८ म्यादी प्रहरी भर्ना गर्न लागेको हो । यस अघि स्थानिय तहको निर्वाचनमा प्रनि सरकारले म्यादी प्रहरी भर्ना गरेको थियो ।

