भूकम्पबाट प्रभावित लाङटाङ क्षेत्रका पदमार्ग मर्मत सम्पन्न

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, २४ असोज । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको मुख्य पदमार्ग मर्मत तथा ‘ट्रस ब्रिज’ (पुल) निर्माण कार्य सम्पन्न गरेको छ । टानले रु एक करोड २७ लाख बराबरको सो परियोजना गत भदौ (सेप्टेम्बर २०१७) मा सम्पन्न गरेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

विसं २०७२ वैशाख १२ (७ दशमलव ६ रिक्टर) को गोरखा भूकम्पबाट देशको तेस्रो प्रमुख पदमार्ग लाङटाङ सबैभन्दा बढी क्षतिग्रस्त भएको थियो । मुख्य पदमार्ग पुनःनिर्माणसँगै पदयात्रा पर्यटन प्रवद्र्धनका साथै नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्वमा पु¥याउन सफल भएको टानले जनाएको छ ।