काठमाडौंको म्हेपीमा गोली चल्यो,एक जना घाइते,५ जना पक्राउ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,५ कात्तिक ।राजधानीको म्हेपीमा आज बिहानै गोली चलेको छ । करिव पौने चारबजेको बीचमा रानीबारी बस्ने कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। बिहान स्कुटीमा हिँडिरहेका २८ वर्षीय गुरुङलाई कारमा आएको समूहले गोली हानेको थियो ।गोली गुरुङको घुँडा मुनि लागेकोले उनी खतरामुक्त रहेको प्रहीले जनाएको छ । काडमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकका अनुसार गोली लागेका गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । प्रहरीले गोली प्रहार गरेको अभियोगमा ५ जनालाई  पक्राउ गरेको छ ।