धादिङ ,११ कात्तिक । राजविराजबाट काठमाडौं आउँदै गरेको ना६ख १४६७ नम्बरको सन्देश ट्राभल्सको बस आज बिहान त्रिशुली नदिमा खस्दा मृत्यु हुनेको सख्या २८ पुगेको छ ।मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएकाे छ ।धादिङको घाटबेसी बांगे मोडबाट त्रिशुली नदीमा खसेको सो बसबाट उद्दारका लागि खटिएका गोताखोरले अहिले सम्म २८ जनाकाेशव निकालेको हो ।
मृत्यु हुनेहरुमा बालबालिकाहरुकाे सख्या उल्लेख्य रहेकाे छ। तीमध्ये १२ जनाको मात्रै सनाखत भएको छ । सनाखत भएकामध्ये भारतीय नागरिक २९ वर्षीया ममतादेवी ठाकुरबाहेक अधिकांश सप्तरी जिल्लाका छन् । मृत्यु हुनेहरुमा शिसिकुमारी झा राजकुमार यादव, नरेश मुखिया, चन्द्ररेखा, चन्द्रवती झा, मञ्जितकुमार झा, पार्वती चौधरी, आदित्य यादव, रञ्जीतकुमार झा, सुशान्त चौधरी र रमानन्द यादव छन् ।
गाडीमा ५५ जना यात्रु रहेकोमा १५ जनाको जीवितै उद्धार गरिएको र १९ जनाको शव फेला परेको र अझै केहि हराइरहेको अनुमान जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए । घटनास्थलमा उद्धार कार्य जारी रहेको र सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको छ । बसका चालक सन्तोष चौधरी सम्पर्कविहीन रहेका छन् ।

