भाइ हत्यामा पक्राउ परेकी युवतीद्वारा आत्महत्या

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

लहान, १२ कात्तिक । भाइको हत्या आरोपमा पक्राउ परेकी एक युवतीले आज साँझ इलाका प्रहरी कार्यालय, विष्णुपुर, सिरहाको प्रहरी हिरासतभित्रै आत्महत्या गरेकी छन् । सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरकी १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासतभित्रै रहेको शौचालयमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिप्रका सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए। नुहाउन जान्छु भन्दै शौचालय छिरेकी प्रियंका ननिस्किएपछि महिला प्रहरीले ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।