एमाले उम्मेदवार राई चढेको गाडीमा बम प्रहार

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

भोजपुर, २८ कात्तिक। भोजपुर प्रदेश खमा नेकपा(एमाले) बाट उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ । ट््याम्के मैयुङ गाउँपालिका–६ कोट गुम्बा नजिकै बा १५ च ५६० ड नं को जीपमा १०ः३० बजे बम प्रहार भएको हो । बम प्रहारबाट गाडीको अगाडि क्षति पुगेको छ भने राईको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटा सामान्य घाइते भएका छन । नेकपाका कार्यकर्ताले बम प्रहार गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बम प्रहार गर्ने समूहको खोजी गरिरहेको प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए।