प्रत्यक्षतर्फको मतपरिणाम एक हप्ताभित्र आइसक्नेः प्रमुख आयुक्त डा यादव

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौँ, १ मंसिर । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने जनाएको छ । मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र निर्वाचनका मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भने, “प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने छ, छिटोभन्दा छिटो मतपरिणाम सार्वजानिक गर्न मतगणनास्थलमा मतगणकको आवश्यक व्यवस्थामा मिलाईएको छ ।”शिक्षासित सम्बद्ध विभिन्न नौ संघसंस्थाद्वारा आज यहाँ आयोजित शान्ति क्षेत्रका लागि नागरिक अपिलमा आफ्नो लिखित प्रतिबद्ध व्यक्त गर्दै अन्य भौतिक संरचना नभएका कारण विद्यालयमा मतदानस्थल राख्नुपर्ने आयोगसित बाध्यता रहेको बताए ।

उनले राजनीतिक दलले निर्वाचनका सन्दर्भमा विद्यालयमा आमसभा, अन्तक्र्रिया, भोजभतेरजस्ता कार्यक्रम राख्न आचारसंहिताले प्रतिबन्ध लगाएको चर्चा गर्दै यसको प्रभावकारी कार्यान्वयन आयोगले गरिराखेको बताए । प्रमुख निर्वाचन आयुक्त डा यादवले ‘विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने कुरा राजनीतिक दलले आफ्नो प्रतिबद्धता जनाइसकेका विषय हुन्, अब कार्यान्वयनको खाँचो मात्र रहेको उल्लेख गरे ।