काठमाडाैँमा एका बिहानै भूकम्पकाे धक्का महशुस

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडाैँ,२२ मंसिर । काठमाडाैँमा अाज बिहान भूकम्पकाे धक्का महसुस गरिएकाे छ । अाज बिहान करिव ८ बजेर ३८ मिनट जाँदा काठमाडाैँ र यस अासपासकाे क्षेत्रमा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे । भूकम्प मापन केन्द्रका अनुसार दाेलखा केन्द्रबिन्दु भएर ५. २ रेक्टरकाे पराकम्प गएकाे हाे ।वि.सं २०७२ साल वैशाख १२ गते गएको बिनासकारी गाेरखा भूकम्पको पराकम्प रहेको राष्टिय भूकम्प मापन केन्द्रका प्रमूख लाेक बिजय अधिकारीले जानकारी दिनुभयाे ।

शक्तिशाली गाेरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिको क्षमताका चार सय ८० भन्दा बढी पराकम्प गएका छन् । भूकम्प गएकाे लामाे समय बितिसक्दा पनि अहिलेसम्म परकम्प आउने क्रम रोकिएको छैन् । समय समयमा साना साना पराकम्पहरू गइरहेका छन् ।