चितवन, २२ मंसिर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। ३ चितवनमा नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पछि पार्दै राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले शुरुवाती अग्रता हासिल गर्नुभएको छ ।
चितवन क्षेत्र नं। ३ मा आज शुरु भएको मतगणनाको प्रारम्भिक नजिताअनुसार एक हजार २३९ मत गणना गर्दा पाण्डेले ६८७ मत प्राप्त गर्नुभएको छ भने दाहालले ४७३ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको छ । यसैगरी क्षेत्र नं। २ मा ९४० मत गणना गर्दा नेकपा ९एमाले०का कृष्णभक्त पोखरेलले ५७२ मत र नेपाली कांग्रेसका शेषनाथ अधिकारीले २९२ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं। १ को मतगणना केहीबेर स्थगित भएर पुनः सुचारु भएको छ । मतदान अधिकृतले सर्वदलीय सहमतिविपरीत आफूखुशी सदर र बदर मत निर्णय गरेको भन्दै प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार राजेन्द्र बुर्लाकोटीसहित प्रतिनिधिहरू मतगणनाबाट बाहिरिनुभएको थियो । बदर भनिएका दुई मत सदर गर्ने सहमतिपछि पुनः मतगणना भएको हो ।

