बारा २७ मंसिर । बारामा संघीय समाजबादी फोरमको विजय जुलुसमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।बाराको पचरौता नगरपालिका ४ बेलदारीमा विजय जुलुसलाई स्थानीयले बिरोध गरेपछी फोरम र स्थानिय कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । झडप भएपछि प्रहरीले भिड नियन्त्रण गर्न दर्जन भन्दा बढी हवाई फायर गरेको छ ।
कांग्रेसका कार्यकर्ताले सामान्य रुपमा तडक भडक नगरी जुलुसमा खुसियाली मनाउन आग्रह गर्दागर्दै फोरमका कार्यकर्ता आक्रामक बनेपछी विवादले झडपको रुप लिएको हो ।बाराका प्रहरी प्रमुख राजकुमार वैदवारले प्रहरीले भिड नियन्त्रण गर्न नसकेपछी हर्वाइ फायर गर्नु परेको बताउनु भयो। झडप नियन्त्रण गर्ने क्रममा ४ प्रहरी समेत घाइते भएका छन् । झडपमा परी र्घाते हुनेमा एक प्रहरी नायव नीरीक्षक र ३ म्यादी प्रहरी रहेका छन् ।