आर्मीले पश्चिमाञ्चललाई १२–० ले हरायो

राष्ट्रिय महिला फुटबल लिग प्रतियोगिता

arjun Latest Update , Sports/खेलकुद , ६ वर्ष अगाडि

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै  राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार भएको खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

पाँच विकास क्षेत्र तथा तीन विभागीय टोलीले भाग लिएको उक्त प्रतियोगितामा विजेता टोलीले रु दुई लाख तथा उपविजेताले रु एक लाख ५० हजार पुरस्कार पाउने छन् ।