ओली केही दिन सार्वजनिक कार्यक्रममा नजाने , धपेडी भएपछि आरममा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिन सार्वजनिक कार्यक्रममा नगई निवासमै आराममा बस्नुुहुने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन र निर्वाचनपछि बधाई दिन र लिन गरिएको कार्यक्रमको व्यस्तताका कारण धपेडी महसुस भएपछि अध्यक्ष ओली बाहिरी कार्यक्रममा नगई भक्तपुर बालकोटस्थित आफ्नै निवासमा आराममा बस्नुभएको हो ।

उहाँका स्वकीय सचिव अनिश दाहालका अनुसार अध्यक्ष ओलीको स्वास्थ्यमा अन्य प्रतिकूल अवस्था नरहेकाले निवासबाटै सामान्य राजनीतिक भेटघाट र सम्पर्कको काम गरिरहनुभएको छ ।