प्रकोप प्रभावित क्षेत्रमा राहत पु¥याउन अध्यक्ष दाहालको आग्रह

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

काठमाडौँ, २४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन  सरकारसँग आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले  एक विज्ञप्ति जारी गरी खासगरी तराई–मधेशका जिल्लामा शीतलहर र झाडापखालाका कारण नागरिकले ज्यान गुमाउनुपरेकोप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि आवश्यक व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।
“तराई –मधेशका जिल्लामा शीतलहर र जाजरकोटमा झाडापखालाका कारण दर्जनौँ नेपाली नागरिकको ज्यान गएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ”– अध्यक्ष दाहालले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।