ठगीको आरोपमा २ मेनपावर संचालक पक्राउ

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ६ वर्ष अगाडि

काठमाडौं,२४ पुस । ठगी गरेको आरोपमा प्रहरीले २ जना मेनपावर संचालकलाई पक्राउ गरेको छ।बिदेश पठाइदिने भन्दै ठगी गरेका
ब्लु स्टार ओभरसिजका संचालकहरु राज घिमिरे र संजय उप्रेतीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।
उनीहरुले २६ जना युवालाई बिदेश पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।

डिमान्ड लेटर बिना नै उनीहरुले २३ सय ७१ जनाको राहदानी लिएर पैसा उठाउन सुरु गरेका थिए। पक्राउ परेका मेनपावर संचालकहरुलाई बैदेशिक रोजगार विभागमा पठाइएको महाशाखाले जनाएको छ।