सिंंहदरबारमा फेरि चोरी !

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौं,२४ पुस । सिंहदरबार परिसरभित्रैबाट गाडीको टायर चोरीको घटना सेलाउन नपाउँदै फेरि अर्को चोरीको घटना बाहिर आएको छ । सिंहदरबारभित्र रहेको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको क्यान्टिनबाट नगद तथा सामान चोरी भएको भन्दै सञ्चालकले प्रहरीमा उजुरी दिएका छन् ।

क्यान्टिनबाट आइतबार राति चोरी भएको भन्दै सञ्चालक विश्वराज सिलवालले प्रहरीमा उजुरी दिएका हुन् । यसअघि गएको पुस १ गते सिंहदरबारको स्थानीय विकास मन्त्रालय परिसरबाट गाडीका चारवटा टायर चोरी भएको थियो ।