काठमाण्डौ,२८ पुस ।सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङमा राज्यपक्षबाट मारिएका १६ जनालाई शहिद घोषणा गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रीपरिषद् बैठकले घटनाको ३८ बर्ष पछि मृतकलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो । २०३६ साल कात्तिक २७ गते धनकुटाको खोकु छिन्ताङमा तात्कालिन भूमिगत विद्रोही समुहले गरेको कार्र्यक्रममा राज्य पक्षका सुरक्षाकर्मीद्धारा चलाईएको गोली लागि १६ जनाको मृत्यु भएको थियो ।
तीनै मृतकलाई शहीद घोषणा गरिएको हो । त्यसैगरी बैठकले २०७५ साल बैशाख १ गते देखि राष्ट्रिय आर्थिक गणना गर्ने निर्णय गरेको छ । बैठकले लाइभस्टक सेन्टर इन्नोभेसन आयोजनाका लागि विश्व बैंकबाट झण्डै ८ अर्ब रुपैयाको श्रृण स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी नेपाल न्यायसेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो ।बैठकले पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई तोक्ने लगायत केही बढुवाका निर्णयहरु पनि गरेको छ ।