विश्व युवा शान्ति सम्मेलन राजधानीमा,३३ राष्ट्रका १३० युवा अभियन्ता सहभागि

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, २९ पुस । विश्वभरका युवाका साझा समस्याबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको ‘विश्व युवा शान्ति सम्मेलन–२०१८’ आज (शनिवार) देखि शुरू भएको छ । सम्मेलनमा नेपालसहित अमेरिका, क्यानडा, अष्ट्रेलिया, इथियोपिया, युगान्डा र जापानलगायत विभिन्न ३३ राष्ट्रका १३० जना युवा अभियन्ताको सहभागिता रहेको छ ।

युवा संसद् नेपालले आयोजना गरेको सो सम्मेलनको उद्घाटन गर्दै अन्तरिम मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले न्यायमूलक समाज, दिगो विकास, लोकतान्त्रिक शासन र समानता युवाको सरोकारको विषय बन्नु पर्ने बताउनु भयाे।

यस्तै, युवा संसद् नेपालका संयोजक दिवाकर अर्यालले सम्मेलनमा जलवायु परिवर्तन, लोकतन्त्र र सुशासन, सामाजिक उद्यमशीलता, युवा सहभागिता र शान्तिका लागि सांस्कृतिक कूटनीतिलगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो । साे अवसरमा अभिनेता राजेश हमाल, सिएनएन सुपर हिरो पुष्पा बस्ने, एपिवान टेलिभिजनका समाचार प्रमुख टीकाराम यात्री, शान्ति अभियन्ता पीताम्बर भण्डारी, युवा वैज्ञानिक जितेन्द्र उपाध्याय, युवा अभियन्ताहरु सुलोचना सिग्देल, वासु गौतम र हिक्मत थापालाई ‘युवा अभिप्रेरणा सम्मान–२०१८’ प्रदान गरिएको थियो । भाेली( आइतबार)सम्म चल्ने सम्मेलन काठमाण्डाै घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।