ओलीको स्वास्थ्य रिपाेर्ट यस्ताे अायाे…

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौँ, ३० पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्डको बैककमा जानु भएको अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उहाँका स्वकीय सचिव एलिस दाहालले जानकारी गराउनुभयो ।

‘‘अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ । सबै रिर्पोट राम्रो देखिएको छ’’ दाहालले भन्नुभयो–‘‘उहाँको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ ।’’अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा अहिले बैककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहनु भएको छ । निर्वाचनको दौडधुपका कारण चिकित्सकको सल्लाहअनुसार उहाँ स्वास्थ्य परीक्षण गराउन बँैकक जानु भएको हो । उहाँ यही पुस २६ गते धर्मपत्नी राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टको साथमा बैंकक जानुभएको हो । अध्यक्ष ओली आगामी बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी गराउनुभयो ।