ज्यान मुद्दामा सांसद दीपक मनाङेलाई ५ वर्ष जेल सजाय ,फैसलाले आफू अचम्ममा परेको प्रतिक्रिया

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,२ माघ । सर्वोच्च अदालतले मनाङ प्रदेशसभातर्फ विजयी सांसद दीपक मनाङेलाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय गर्ने फैसलालाई सदर गरेको छ । न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने निर्णय गरेको हो।
महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार, सरकारी वकिलले दर्ता गरेको पुनरावेदनमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने निर्णय सुनाएको हो।अदालतले ०६९ सालमा मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो भने ज्यान मुद्दाका अन्य चार अभियुक्त रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई भने सफाइ दिएको थियो।
यसैबीच,  मनाङेले सर्वोच्च अदालतको फैसलाले आफू अचम्ममा परेको बताएका छन्। मनाङेले आफू दोषी ठहर भएको फैसलाले आश्चर्यमा पारेको बताए। ०६१ सालमा भएको घटनामा आफ्नो हकमा सरकारी वकिलले समेत पुनरावेदन नगरेको तर त्यसमा टेकेर सर्वोच्चले फैसला गरेको मनाङेले बताए। आफूले कानुन व्यवसायीसँग सल्लाह गरिरहेको उनको भनाइ छ।