काठमाडौं ,१० माघ । सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय गरेको छ । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो ।
साथै बैठकले सामाजिक परिचालकहरुले तालिम गरेबापत पाउने भत्तामालाई समेत बढाउने निर्णय पनि गरेको छ । त्यसैगरि सरकारले यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई घटाएर अब ६५ वर्षको उमेरकालाई बृद्ध भत्ता दिने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिनु भयो । त्यसैगरि बैठकले ४ जना महासेनानीलाई बढुवा गर्ने समेत निर्णय गरेको छ ।