काठमाण्डौ,१२ माघ । आज ६६ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस , विभिन्न कार्यक्रम गरी मनाईदैछ । विश्व भन्सार संगठनको आह्वानमा हरेक बर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ । संगठनले यो बर्षको अन्तर्राष्ट्रिय नारा आर्थिक विकासका लागि सुरक्षित व्यवसायिक वातावरण तय गरेको छ ।
यसैबीच, दिवसको अवसरमा शुभकामना दिँदै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सार प्रशासन कार्यलाई राजश्व संकलनमा मात्र सिमित नराखी मुलुकको समग्र आर्थिक विकासका लागि सहज व्यवसायिक वातावरण निर्माणतर्फ उन्मुख बनाउनुपर्ने उल्लेख गर्नुभएको छ । औद्योगिकीकरण, निकासी प्रवद्र्धन र आयात प्रतिस्थापन गरी व्यापार सन्तुलनमा भन्सार प्रशासनको भूमिका अहम रहेको उहाँको भनाई छ ।

