राष्ट्रियसभा निर्वाचन आचारसंहिता आज( शुक्रबार)बाट लागू

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,१२ माघ । राष्ट्रियसभा निर्वाचन आचारसंहिता आजबाट लागू भएको छ । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आजबाट निर्वाचन आयोगले निर्वाचन आचासंहिता लागू गरेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आजबाट आचारसंहिता लागू गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनु भयो । निर्वाचन आयोगले निर्वाचनको मत परिणाम सार्वजनिक नभएसम्म आचारसंहिता लागू हुने पनि स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले सरकार, राजनीतिक दल, उम्मेदवार, संचार माध्यामलाई समेत निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न, गराउन पनि सचेत गराएको छ । निर्वाचन आचारसंहिताको उलंघन गरिएको पाइए १ लाख नगदसहितको जरिवान हुने सक्ने काुननी व्यवस्था रहेको पनि आयोगका सहायक प्रवक्ता शर्माले बताउनु भयो ।निर्वाचन आयोगले आगामी माघ १५ गते उम्मेदवारहरुको अन्तिम नामवली सार्वजनिक गरी निर्वाचन चिन्ह प्रदान गर्ने पनि जनाएको छ । आगामी माघ २४ गते बुधबार ५६ सदस्यका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।