धनुषा र पाँचथरमा भएका सवारी दुर्घटना ८ जनाको मृत्यु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौं,१३ माघ ।धनुषा र पाँचथरमा भएका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ कमलापुल नजिकै आज बिहान साढे २ बजे बा ९ च ३३१४ नम्बरको टाटासुमो अनियन्त्रित भई दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो।


मृत्यु हुनेमा संखुवासभा धर्मदेवी नगरपालिका ९ का २२ वर्षीय छत्रबहादुर जिमी, मोरङ विराटनगर महानगरपालिका ४ की ४५ वर्षीया शारदा रेग्मी, मोरङ लेटाङका ४० वर्षीय खेमकुमार रानामगर, मोरङकै ३२ वर्षीय प्रह्लाद न्यौपाने, खोटाङ निर्मलीडाँडाका २७ वर्षीय ज्ञानबहादुर चौहान र पाँचथरकी ३१ वर्षीया प्रनिता राई रहेका छन्। ५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यस्तै पाँचथरको याङवरक गाउँपालिका ३ मा गएराति पौने ११ बजे ग १ ज ६० ८५ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।पाँचथरकै याङवरक गाउँपालिका ३ का १९ वर्षिय प्रवेश योङया र १६ वर्षीय सन्दीप योङ्याको मृत्यु भएको हो। घाइते ६ जनालाई उपचारको लागि झापा पठाइएको प्रहरीले जनाएको छ।