निर्वाचन आचार संहिताले गर्दा जनहितका पक्षमा धेरै काम गर्न पाइएन : प्रधानमन्त्री देउवा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,१३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितका पक्षमा धेरै काम गर्न नपाएको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएदेखि निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय गर्न कठिन भएको दावी गर्नु भएको हो ।

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले आफूले जनहितमा कुनै निर्णय गर्न खोज्दा निर्वाचन आचारसंहिताले रोक्ने गरेको धारणा राख्नुभयो । राष्ट्रियसभा निर्वाचन सकिए लगत्तै आफूले सरकार छाड्ने बताउँदै उहाँले निर्वाचन सम्पन्न गर्न बनेको सरकार निर्वाचन नसकिँदै बिदा हुनुपर्ने भन्ने तर्क संविधान विपरीत रहेको तर्क गर्नु भयो ।