पार्टी एकतालाई चाँडाे निष्कर्षमा पुर्याउने अाेली -दाहालबीच सहमति

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

 

काठमाडौँ, १४ माघ । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु¥याउने सहमति गरेका छन् । ललितपुरमा आज एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा सो सहमति भएको हो ।

राष्ट्रियसभा निर्वाचनको मिति नजिकिएकाले सबैभन्दा पहिले त्यसलाई सफल बनाउने र प्रदेशका मुख्यमन्त्रीको विषयमा संयुक्त कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा निर्णय गर्न समेत दुई पार्टीका अध्यक्ष तयार हुनुभएको छ । अध्यक्ष ओली र अध्यक्ष दाहालबीच आज पाँच घण्टा एक्लाएक्लै छलफल भएको हो । राष्ट्रियसभामा वामपन्थीका उम्मेद्वारलाई जिताउन प्रयास गर्ने र त्यसका लागि सबै तह र तप्कालाई संयुक्त निर्देशन दिने, स्थानीय तह र प्रदेशसभाका सदस्यलाई प्रभावकारी रुपमा निर्वाचनमा सहभागी भएर वामगठबन्धनका उम्मेदवारको पक्षमा मत दिने वातावरण बनाउन दुवै पार्टीका अध्यक्ष सहमत हुनु भएको हो ।

बैठकबारे जानकारी दिँदै अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउने विषयमा छलफल केन्द्रित रहेको उल्लेख गर्नुभयो ।