चन्द्र ग्रहणको केही समय अघि दिल्लीमा शक्तिशाली भूकम्पको धक्का महसुस, एक जनाकाे मृत्यु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

एजेन्सी ।चन्द्र ग्रहणको केही समय अघि आज दिल्ली  लगायत पूरै उतर भारतमा ठुलै भूकम्पको धक्का महसुस गरिएको छ । करिब १२ बजे ४० मिनेटकाे समयमा ६.२ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । भूकम्पकाे केन्द्रविन्दु    पाकिस्तान र काजाकिस्तानकाे सिमान क्षेत्र हिन्दुकुश अासपास क्षेत्र भएकाे बताइएकाे छ । भूकम्पकाे धक्का पाकिस्तान, कजाकिस्तान र अफगानस्थान सम्म महसुस भएकाे  थियाे । भूकम्पका कारण अहिले सम्म एक जनाकाे मृत्यु भएकाे खबर प्राप्त भएकाे छ । केहि घरहरूमा समेत क्षतिपुगेकाे समाचारमा जनाइएकाे छ ।

ज्योतिषिहरुले चन्द्र ग्रहणका समयमा भूकम्प जानु एक आपसमा सम्बन्धीत भएको बताएका छन । भूकम्प र अन्य प्राकृतिक आपदाहरु को चंद्र ग्रहण को सीधा कनेक्शन मानिन्छ। आजको पूर्ण चन्द्रग्रहण १ सय ५० बर्ष पछि हुन लागेको हो । यस ग्रहणलाई खग्रास चन्द्र ग्रहण भनिन्छ ।यो खगोलीय घटनाको समयमा चन्द्रमा पृथ्वीको नजीक हुनेछ ।यद्यपि केही मान्छेले यसलाई मात्र एक अन्धविश्वास मान्दछ र विश्वास गर्दैन।