प्रदेश ६ को मुख्यमन्त्रीमा माओबादी केन्द्रका महेन्द्रबहादुर शाही सर्बसम्मत

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौं,२४ माघ। प्रदेश ६ को मुख्यमन्त्रीको बन्ने भन्ने माओबादी भित्रको विवाद टुंगिएको छ । अन्तत पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन सबै नेताहरु सहमत भएपछि विवाद टुंगिएको हो ।तर, औपचारिक घोषणा भने बिहीबार मात्रै गरिने जनाइएको छ । शाही कालीकोट प्रदेश ख बाट निर्वाचित सांसद हुन् । यस अघि नरेश भण्डारीले पनि मुख्यमन्त्रीका लागि दावी गरे पछि टुंगो लाग्न सकेको थिएन । एमाले सँगको बाँडफाँडमा माओवादीको भागमा प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाएको हो। प्रदेश ७ को मुख्यमन्त्रीका लागि डोटीका त्रिलोचन भट्टलार्इ सर्बसम्मत चयन भई सकेका छन।