वन्यजन्तुको स्वास्थ्यसम्बन्धी नौबुँदे सौराहा घोषणापत्र जारी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

 चितवन, २४ माघ।बाघ, एशियाली गैँडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठी नौबुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा कृषि विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको संयुक्त आयोजनामा यही माघ २२ गतेदेखि अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा कार्यशाला शुरु भएको थियो ।

विभिन्न १३ देशका विज्ञ सहभागी कार्यशालाले वन्यजन्तुको स्वास्थ्य व्यवस्थापन रणनीति र त्यसको कार्यान्वयनका लागि संयन्त्र तयार पार्न सम्बन्धित निकायमा पहल गर्ने निष्कर्षसहित नौबुँदे सौराहा घोषणापत्र जारी गरेको छ । कार्यशालाले वन्यजन्तुको स्वास्थ्य व्यवस्थापनसम्बन्धी विषयलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरी जनशक्ति तयार पार्न पहल गर्ने, बिरामी वन्यजन्तुको हेरचाह, रोगको पहिचान र निदानका लागि चितवन निकुञ्जमा सुविधायुक्त वन्यजन्तु अस्पताल बनाउने, युवापुस्तालाई वन्यजन्तुको संरक्षण र स्वास्थ्यको व्यवस्थापनमा आकर्षित गराउन पहल गर्ने निष्कर्ष निकालेको छ ।