प्रदेश ४ काे मतगणाना अपरान्ह चार बजेबाट ,मतदानमा दिपक मनाङेमात्र अनुपस्थित

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

कास्की,२४ माघ ।राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ४ मा भएको मतदानमा दिपक मनाङगे बाहेक सवैले मतदान गरेका छन। अदालतले पक्राउ आदेश जारी गरेका प्रदेश सभा सदस्य मनाङेबाहेक सबै मतदाताले मतदान गरेका हुन ।प्रदेश ४ मा प्रदेश सभाका ६० र स्थानीय तहका १७० जना गरि कूल २३० मतदाता रहेका छन्।अपरान्ह ४ बजेबाट पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु हुने तय गरिएको छ।