प्रधानमन्त्री देउवा राजीनामा दिने तयारीमा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२५ माघ ।प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गर्नु भएको छ । आफु नेतृत्वको सरकारले सबै निर्वाचन सम्पन्न गराएको भन्दै प्रधानमन्त्री देउवा राजीनामा गर्ने तयारी गरेका हुन । यद्यपी उहाँले निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको अन्तिम नतिजा बुझाएलगत्तै राजीनामा दिने एक नेताले बताएका छन।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रशस्त नगरेको भन्दै विपक्षी दलहरुले उहाँको आलोचना गदै आएका छन ।सबै परिणाम सार्वजनिक भएपछि राजीनामा दिन सुझाव आएपछि आयोगले अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएलगत्तै देउवा राजीनामा दिने मनस्थितिमा रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।