भुकम्पले भत्काएका स्वास्थ्य चौकी युएनडिपीले बनाइदिने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

नुवाकोट, २६ माघ ।विनासकारी भूकम्पले क्षति पुगेका यहाँका स्वास्थ्य संस्थामध्ये कोरियाली सहयोग नियोग (कोइका)ले निर्माणको जिम्मा लिएर पनि नबनाएको भवन संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)ले बनाउने भएको छ ।

जिल्लाका दश स्थानका स्वास्थ्य चौकी निर्माणको जिम्मा लिएको कोइकाले तोकिएको समयभित्र काम शुरु नगरेपछि युएनडिपीले निर्माण गर्ने भएको नुवाकोटका जनस्वास्थ्य अधिकृत राममणि घिमिरेले जानकारी दिनुभयो । जिल्लाको बेलकोट, ओखरपौवाको सिसडोल, रातमाटे, दुईपिपल, लिखु, पञ्चकन्या, थप्रेक, घ्याङफेदी, चारघरे र सूर्यमतीको स्वास्थ्य चौकी कोइकाले निर्माण गर्ने प्रतिबद्धता जनाए पनि जिम्मा लिएको एक वर्षसम्म काम नगरेपछि स्वास्थ्य मन्त्रालयले विकल्पमा युएनडिपीलाई निर्माण गर्न जिम्मेवारी दिएको हो । स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत घिमिरेका अनुसार एकवर्षअघि नेपालका लागि कोरियाली राजदूत आएर बेलकोटमा रहेको स्वास्थ्य चौकी निर्माणको शिलान्यास गरेपनि त्यसपछि अहिलेसम्म कामको प्रगति शून्य भएकाले भवन निर्माणको जिम्मेवारी परिवर्तन गरिएको हो ।