हेटौँडा, २८ माघ । मुलुकका सातै प्रदेशमा मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएको छ । जसअन्तरगत प्रदेश ३ का डोरमणि पौडेल नेपालको पहिलो मुख्यमन्त्री बन्न सफल हुनुभएको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई आज साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । एमाले र माओवादीले आज मात्र पौडेललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाएका थिए । उहाँको सपथ कार्यक्रम भने भोलि विहान साँढे ९ बजेका लागि राखिएको प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिनु भयो ।
योसंगै अन्य ६ वटा प्रदेशमा पनि मुख्यमन्त्रीको टुंगो लागेको छ । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेता सम्बन्धित प्रदेशको मुख्यमन्त्री बन्ने व्यवस्था छ । २ नम्बर प्रदेश बाहेक बाकी ६ वटै प्रदेशमा बामगठबन्धनको बहुमत छ । त्यसमध्ये प्रदेश नम्बर ७ मा माओबादी केन्द्रबाट र अन्य पाँच प्रदेशमा एमालेबाट मुख्यमन्त्री हुँदैछन् ।