काठमाडौं, २९ माघ । नेपाली कांग्रेसले आफ्नो भागमा परेको ४० जना समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले समानुपातिक सांसदको टुंगो लगाएको हो । कांग्रेसले आज निर्वाचन आयोगमा सूची बुझाउँदै छ ।
खस/आर्य (पुरुष): बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे
आदिवासी जनजाति: बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा
दलित : मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली,
मधेसी: विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय
थारू : पद्यमनारायण चौधरी
मुस्लिम : अतहर कमल मुसलमान
पिछडिएको क्षेत्र : जयपति रोकाय
महिला (खस/आर्य): सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा
महिला (जनजाति): ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुवर्ण ज्वारचन
महिला (दलित) : सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली
महिला (मधेसी): सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा

