काठमाडौँ, २९ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ ।महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र विकास कोष वरपरका क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो ।
महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्न ट्राफिक व्यवस्थापन गरिएको बताउनुभयो । महाशाखाले चावहिलबाट मित्रपार्क हुँदै गौशालातर्फ, पुरानो बानेश्वरबाट बत्तीसपुतली हुँदै गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटल पछाडिको शाखा मार्गबाट गौशाला वनकालीतर्फ, सिफल चौरबाट जयबागेश्वरीतर्फ रोक लगाएको छ ।