पशुपतिमा गाँजा बिक्रि/सेवन गर्ने बाबाहरूसहित डेढ दर्जन ब्यक्ति पक्राउ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,१ फागुन । प्रहरीले शिवरात्रीको अवसरमा पशुपति मन्दिर परिसरबाट बाबाहरु सहित १८ जनालाई पक्राउ गरेको छ । गाँजा बिक्रि गर्ने, सेवन गर्ने र होहल्ला गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। गाँजा खरिद बिक्रि गर्नेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताउनु भयो।

पशुपति क्षेत्र बिकास कोषले महाशिवरात्रि पर्व सुरु हुनु भन्दा केहि समय पहिले नै त्यस क्षेत्रलाई धुम्रपान निषेधीत क्षेत्र घोषणा गरेको थियो ।पशुपति क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।