राष्ट्रपतिका लागि भण्डारी र खनालको दौडधुप, वर्तमान राष्ट्रपतिलाई नै दोर्याउने सरकारको तयारी

arjun Latest Update , MainNews/प्रमुख समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,५ फागुन । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनाउने÷बन्न राजनीतिक दल र नेताहरू भित्री तयारीमा जुटेका छन् । निर्वाचन आयोगले २१ फाुगनका लागि मिति प्रस्ताव गरेसँगै आकांक्षीसहित दलहरू गुपचुप रूपमा भित्रभित्रै सहमति खोज्ने गरी अघि बढ्ने तयारीमा लागेका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको नेकपा एमालेमा राष्ट्रपतिका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन् । एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नै राष्ट्रपति पदका लागि कार्यकाल दो¥याउन चाहनु भएको छ । उहाँले माओवादी केन्द्रको समेत साथ लिएर सकेसम्म सहमतिमा नै कार्यकाल दो¥याउन चाहेको स्रोतले बताएको छ ।

एमालेबाट राष्ट्रपतिका लागि बलियो दाबेदारका रूपमा वरिष्ठ नेता झलनाथ खनालसमेत देखिनु भएको छ । खनालले सार्वजनिक कार्यक्रमहरूमा पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्ने बताउँदै आउनु भएको छ।पूर्वसभामुख सुवास नेम्वाङसमेत एमालेबाट राष्ट्रपतिका दाबेदार मानिन्छन् । अर्कातर्फ माधव नेपालको नामसमेत राष्ट्रपतिका लागि चर्चामा छ तर उहाँ सक्रिय राजनीतिमा नै जोड दिने तयारीमा रहनु भएको छ । साभार राजधानी दैनिक