एमाले र माओबादी केन्द्रबीचको पार्टी एकताअाज टुंगीएलात ?

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,६ फागुन । नेकपा एमाले र माओबादी केन्द्रको पार्टी एकता भोलीसम्म टुंगो लाग्ने बताईएको छ । सरकार गठनअघि नै नेकपा एमालेका नेताहरुले भोलीसम्म पार्टी एकता टुंगीने दाबी गरेका छन् । २ पार्टी बीचको एकता भोली निष्कर्षमा पुग्ने र त्यसपछि सरकार बिस्तार हुने उनीहरुको दाबी छ ।
एमाले उपाध्यक्ष बामदेव गौतमले दुईदिनभित्र माओबादि केन्द्र सहितको संयुक्त सरकार बन्ने उहाँले स्पष्ट पार्नु भयो । विश्वास ब्यक्त गर्नुभएको छ ।आज सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय परिसरमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले पार्टी एकताको घोषणा भने प्रतिनिधिसभा संसद बैठक आह्वान भईसकेपछि मात्रै हुने बताउनु भयो ।