काठमाडौँ ,१४ फागुन । कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीले जिल्ला अदालत धनगढीमा आत्मसमर्पण गरेका छन् ।थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको सो घटनामा दोषी देखाइएका चौधरी त्यस घटना यता फरार भएका थिए।
कैलाली १ बाट अत्याधिक मत ल्याएर प्रतिनिधिसभा सदस्य चयन भए पनि चौधरीलाई निर्वाचन आयोगले विजय भएको प्रमाणपत्र नदिए पछि प्रमाणपत्र पाउन सर्वोच्च अदालतमा रिट दायरको समेत प्रयास भएको थियो । उत्त घटना लगत्तै फरार रहेका चौधरीलाई प्रहरीले खोजीको सूचीमा राख्दै आएको थियो ।