सय वर्ष उमेर पुगेका उपसैनिकलाई मासिक रु १० हजार दिइने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

धनकुटा, २६ फागुन। नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा रु १० हजार भत्ता उपलब्ध गराउने भएको छ । प्रधानसेनापति राजेन्द्र्र क्षत्रीले दुई नं वाहिनी अड्डा हिलेमा आज आयोजित भूपू सैनिक सम्मेलनमा १०० वर्ष उमेर पुगेका भूपू सैनिकलाई शताब्दी मासिक भत्ता उपलब्ध गराउने जानकारी दिनुभयो ।

नेपाली सेनाले ९० देखि ९९ वर्ष उमेर समूहका भूपूसैनिकलाई कल्याणकारी कोषबाट पूर्व शताब्दी मासिक भत्ता रु तीन हजार उपलब्ध गराउनेछ । सैनिक कल्याणकारी कोषले ७० देखि ८० वर्ष उमेर समूहका भूपूलाई मासिक रु दुई हजार तथा अन्यलाई रु ४०० भत्ता उपलब्ध गराउँदै आएको छ । विसं २०३२ मा रु एक करोड २४ लाखबाट शुरु भएको सैनिक कल्याणकारी कोषको यथार्थ रकम रु ४२ अर्ब तीन करोड ३८ लाख पुगेको छ । शान्ति सैनिकबाट प्राप्त हुने रकम उक्त कोषको मूल स्रोत हो । उक्त कोषमा रहेको रकमको ब्याजबाट बहालवाला तथा भूपूको हितका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएको छ ।