काठमाडौँ,२७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ बहुमतसहित विश्वासको मत प्राप्त गर्नु भएको छ। प्रतिनिधिसभामा आज भएको मतविभाजनमा प्रधानमन्त्रीले २०८ मत प्राप्त गर्नु भयो । कांग्रेसका ६० सांसदले मात्रै विपक्षमा मतदान गरेका गरे्का थिए। २७५ सदस्यीय प्रतिनिधिसभामा आज भएको मतविभाजनमा २६८ सांसदमात्र उपस्थित थिए । संविधानको धारा ७६ को उपधारा ४ मा प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाउनु भएको छ । प्रधानमन्त्रीले आफू विश्वासको मत लिएर दमनकारी शासक हुन नखोजेको पनि उहाँले स्पष्ट पार्नु भयो । विपक्षी कांग्रेसलाई संकेत गर्दै ओलीले आफूले विगत र वर्तमानमा विश्वास गर्नै नहुने कुनै काम नगरेको बताउनु भयो। ‘समृद्धिको अगुवाइ सत्तापक्ष र प्रधानमन्त्रीको हिसावले आफूले नेतृत्व गर्ने भए पनि विकासको अभियान सत्तापक्षको मात्र नहुने भन्दै उहाँले विपक्षीको सहयोग माग्नु भयो ।

